टायल चेक

कुनै जग्गाधनी वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको टायल चेक गर्नका लागि देहाय बमोजिमका कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

(क) जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ग) चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि।