नक्सा प्रिन्ट
कुनै व्यक्ति, संस्था, कार्यालय वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको नक्सा प्रिन्ट लिनको लागि देहाय बमोजिमका कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।
क. जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
ख. वित्तीय संस्थाले वित्तीय प्रयोजनका लागि माग गरेको भए उक्त संस्थाको पत्र र जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
ग. सरकारी निकायले माग गरेको भए गा.वि.स./न.पा./उ.पा. नक्सा नम्बर/सिट नम्बर र कित्ता नम्बर स्पष्ट उल्लेख गरी प्रयोजन समेत खुलाइएको पत्र,
घ. प्रिन्ट माग हुने कित्ताका लागि तोकिएको राजस्व बुझाएको रसिद