कित्ता एकीकरण
जग्गाधनीले आफ्नो स्वामित्वमा रहेका र एक आपसमा सिमाना जोडिएका दुई वा दुईभन्दा बढी कित्ताहरूलाई एकीकरण गरी एउटै कित्ता कायम गर्न चाहेको अवस्थामा, जग्गा नाप जाँच तथा नक्सा स्रेस्ता अद्यावधिक सम्बन्धी निर्देशिका, २०८१ को अनुसूची १९ अनुसारको ढाँचामा देहाय बमोजिमका कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।
(क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ग) चालु आर्थिक वर्षको तिरो तिरेको रसिदको प्रतिलिपि,
(घ) एकीकरणका लागि माग भएका कित्ताहरू देखिने नक्सा प्रिन्ट।